Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, कारोबार ४० करोडमाथि

२०७५ पुष ५ गते

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ३.२८ अंकको वृद्धिसँगै ११६५.९७ अंकमा पुगेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, निर्जिवन बीमा, लघुवित्त र जीवन बीमा समूह बढेका छन् भने व्यापार, होटल, फाइनान्स र अन्य समूह घटेका छन् । 

दिनभरिमा १६३ वटा कम्पनीको १२ लाख पाँच हजार नौ सय १४ कित्ता सेयर चार हजार आठ सय ७८ पटक खरिदविक्री हुँदा ४० करोड ११ लाख दुई हजार नौ सय ३० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, एनएमबि बैंकको सबैभन्दा धेरै पाँच करोड ६७ लाखको कारोबार भएको छ । 

नेपाल बैंकको  साढे दुई करोड तथा नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक र एनसीसी बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । छिमेक लघुवित्त र माछापूच्छ्रे बैंकको क्रमशः ८३ लाख र ७६ लाखमाथिको कारोबार भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक, एनआईबिएल समृद्धि फण्ड र काबेली विकास बैंकका सेयरधनीले क्रमशः ७.७५, ६.०९ र ३.५३ प्रतिशतले कमाएका छन् । ङादी ग्रुप पावर, किसान माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नेशनल हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स, प्राइम बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, ललितपूर फाइनान्स र आईसीएफसी फाइनान्सका सेयरधनीले क्रमशः ६.६६ र ५.६२ प्रतिशतले गुमाएका छन् । तारागाउँ रिजेन्सी, महिला सहयात्रा माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त, सेन्ट्रल फाइनान्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रो, सिभिल लघुवित्त, सूर्योदय लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Ad