Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

वाणिज्य बैंकहरुको लाभांश घोषणा : कुनको कति ? 

२०७५ पुष ५ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरुले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशतसम्म लाभांश दिने भएका छन् । सबैभन्दा बढी लाभांश घोषणा गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ भने सबैभन्दा कम घोषणा गर्ने सिटिजन्स बैंक रहेको छ । 

सानिमा बैंक र एनआईसी एशिया बैंकले संचालक समितिद्धारा प्रस्तावित लाभांश साधारणसभामार्फत पारित गरिसकेका छन् । सानिमाले १४ प्रतिशत र एनआईसी एशिया बैंकले १०.५२६ प्रतिशत लाभांश दिएका हुन् । सानिमाले नगद मात्रै दिएको छ भने एनआईसी एशिया बैंकले १० प्रतिशत बोनस सेयर दिएको छ । 

अन्य बैंकहरु : कुनको कति प्रस्ताव ?
बोनस सेयर पारित गर्न केही बैंकले साधारणसभा डाकिसकेका छन् । सनराइज बैंकको साधारणसभा पुस १२ गते बस्दैछ । साधारणसभामा बैंकले ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लग्दैछ । 

त्यस्तै, १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्न लागेको माछापूच्छ्रे बैंकको साधारणसभा पुस २० गते हुँदैछ । 

८.१६ प्रतिशत नगद र ५ प्रतिशत सेयर गरी जम्मा १३.१६ प्रतिशत लाभांश घोषणा गरेको सिद्धार्थ बैंकको साधारणसभा पुस २३ गते हुँदैछ । 

एनएमबि बैंकको पुस २६ गते हुन लागेको साधारणसभाबाट २० प्रतिशत नगद र १० प्रतिशत सेयर गरी ३० प्रतिशत लाभांश प्रस्ताव पारित हुँदैछ ।

नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश पारित गर्न पुस २६ गते साधारणसभा डाकेको छ । 

ग्लोबल आइएमई बैंकद्धारा प्रस्तावित १६ प्रतिशत लाभांश बैंकको पुस २७ गते हुन लागेको साधारणसभाले पारत गर्नेछ । 

सबैभन्दा धेरै ४० प्रतिशत लाभांश प्रस्ताव गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा पुस २९ गते हुँदैछ । बैंकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिन लागेको छ । 

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ३४ प्रतिशत लाभांश वितरण गर्दैछ । जसमध्ये, १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश हुनेछ । 

बैंक अफ काठमाण्डूले १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

सिटिजन्स बैंकले ३.६२ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि १.६३ प्रतिशत नगद लाभांश गरी जम्मा ५.२६ प्रतिशत लाभांश मात्रै प्रस्ताव गरेको छ । 

त्यस्तै, जनता बैंकले आफ्ना सेयरधनीहरुलाई ८.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

मेगा बैंकले ७.८५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १.००२३३ प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश रहेको छ । 

नेपाल एसबीआई बैंकले ५ प्रतिशत बोनस सेयर र १० दशमलव ७९प्रतिशत नगद लाभांश गरी १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्दैछ । 

हिमालयन बैंकले पनि १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा पाँच प्रतिशत बोनस सेयर र १०.७८ प्रतिशत नगद लाभांश रहेनछ ।

कुमारी बैंकले १२.७५ नगद लाभांश प्रस्ताव गरेको छ । 

Ad