बैंकले प्रस्ताव गरेअनुसार बोनस वापत ४० करोड ५७ लाख २६ हजार ४५० र नगद लाभांश वापत ८७ करोड ५५ लाख १७ हजार १०६ रुपैयाँ गरि कूल एक अर्ब २८ करोड १२ लाख ४३ हजार पाँच सय ५६ रुपैयाँ वितरण गरिनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।
हाल ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको ५ प्रतिशत बोनस वितरणपछि ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।