December 19th, 2018

गण्डकी विकास बैंकको १४.२० प्रतिशत लाभांश स्वीकृत

बैंकिङ खबर । गण्डकी विकास बैंकको सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको आ.व. २०७४/०७५ सम्मको संचित मुनाफाबाट चुक्ता पूजीको १४.२० प्रतिशत प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त नगद लाभांश बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि बितरण हुनेछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै शेयरधनिहरुलाई उच्च प्रतिफल प्रदान गर्दै आएको छ ।