एनसिसी बैंकले ७९ लाख १० हजार नौ सय ९३ कित्ता सेयरका लागि पुष ११ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले गत भदौ ४ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गरेकोमा संस्थापक तर्फ ६५ लाख १६ हजार कित्ता र सर्वसाधारण तर्फ १३ लाख ५९ हजार कित्ता हकप्रद सेयर बिक्री भएको थिएन ।
बोलकबोल लिलामका लागि न्युनतम १०० रुपैयाँदेखि आह्वान गर्न सकिने बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ। आवेदकले संस्थापक तर्फको शेयर बोलकबोल गर्दा न्युनतम १००० कित्ता र अधिकतम बिक्री खुला गरिए बराबरकै र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र अधिकतम बिक्री खुला गरिए बराबरकै लागि आवदेन दिन सक्नेछन् ।
सनराइज क्यापिटल कमलपोखरी, एसिसी बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगंज, वुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, बनेपा, नारायणगढ र वागबजारबाट आवेदन दिन पाइनेछ।
यता, जेविल्स फाइनान्सले नौ लाख ९७ हजार कित्ता हपक्रद सेयर पुष १० देखि १७ गतेसम्म लिलामीमा निकाल्ने भएको छ । फाइनान्सले गत असार २४ देखि साउन २८ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्दा संस्थापक तर्फ ६ लाख ६५ हजार कित्ता र सर्वसाधारणतर्फ ३ लाख ३१ हजार कित्ता हकप्रद बिक्री भएको थिएन।
बोलकबोल लिलामका लागि न्युनतम १०० रुपैयाँदेखि सुरु हुनेछ । आवेदन दिदा संस्थापक तर्फको लागि न्युनतम १००० कित्ता र अधिकतम माग गरिए जतिकै लागि र सर्वसाधारणको लागि न्युनतम १०० कित्तादेखि अधिकतम माग गरिए बराबरको लागि आवदेन दिन सकिने छ।
सनराइज क्यापिटल कमलपोखरी, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगंज, वुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन पाइनेछ ।