Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आईपिओ निष्काशन गर्ने तयारीमा आँधिखोला लघुवित्त

२०७५ पुष ३ गते

बैंकिङ खबर । आँधिखोला  लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणहरुको लागी साधारण सेयर निष्कााशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणहरुको लागी ४० करोड रूपैयाँ बराबरकोे प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ४ लाख कित्ता साधारण सेयर (आईपीओ)निष्काशन गर्न लागेको हो ।

चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको संस्थाको अधिकृत पुँजी १५ करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन गरी बाँडफाँट पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तले साधारण सेयर निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

हाल संस्थाले १९ वटा शाखा कार्यालय मार्फत् १२,२४६ विपन्न वर्गका महिलाहरुलाइ ४९ करोड २२ लाख रुपैयाँ भन्दा माथि कर्जा प्रवाह गरेको छ । भने १४ करोड ४५ लाख रुपैयाँ बचत संकलन गरेको छ ।चालु आर्थिक बर्षको प्रथम त्रैमासमा संस्थाले १८ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


 

Ad