December 17th, 2018

सेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार ४२ करोड नाघ्यो 

बैंकिङ खबर । सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार १५.१७ अंकको बृद्धिसँगै १,१८२.७८ अंकमा पुगेको छ । व्यापार बाहेक सबै उप सुचक बढेका छन् । सबै भन्दा धेरै निर्जिवन बीमा समुह २२०.५१ अंकले बढेको छ । 

दिनभरिमा १५९ वटा कम्पनीको १२ लाख छ हजार पाँ सय १८ कित्ता सेयर तीन हजार छ सय ७० पटक खरिदविक्री हुँदा ४२ करोड ३५ लाख ३ हजार ५ सय १५ रुपैयाको कारोबार भएको छ । 

छिमेक लघुवित्त र नेपाल बैंक लिमिटेडको चार करोड माथीको कारोबार भएको छ । त्यसैगरी, ग्लोबल आईएमई बैंक,एनएमबि बैंकको तीन करोड माथीको कारोबार भएको छ भने एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड माथीको कारोबार भएको छ । यसबाहेक, कुमारी बैंक र एनसीसी बैंकको क्रमश : एक करोड १७ लाख दश हजार आठ सय ८२ र एक करोड ५९ लाख तीन हजार तीन सय ३० को कारोबार भएको छ । 

मिर्मिरे लघुवित्त, कालिका लघुवित्त, पुर्णिमा विकास बैंक र आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै नौ प्रतिशत भन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, सूर्य लाइफ इन्स्योरेन्स, माहुली सामुदायिक लघुवित्त, समिट माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त र वोमी माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । 

त्यसैगरी, कालिका पावर कम्पनी, ग्लोबल आईएमई समुन्नत स्कीम, स्वदेशी लघुवित्त, राष्ट्रिय बीमा कम्पनी र अरुण कावेली पावर कम्पनीका सेयरधनीले ती प्रतिशत भन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, कामना सेवा विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, विशाल बजार कम्पनी र छ्याङदी हाइड्रोवावर लगायतका सेयरधनीले गुमाएका छन् ।