December 17th, 2018

मुक्तिनाथ विकास बैंकको लाभांश र हकप्रद सेयर पारित

बेंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १९.२१ प्रतिशत लाभांश दिने भएको छ ।  मंसिर २९ गते सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.९६ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गरेको छ । साथमा  २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पनि पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनिहरुबाट आएको विभिन्न  सल्लाह सुझाव र जिज्ञासाहरुलाई अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

साधारण सभाले आर्थिक वर्ष. २०७४÷०७५ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७५÷०७६ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पनि पारित गरेको छ ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत तथा वर्तमान अवस्था र बैँकको भावी रणनीतिका बारेमा साधारण सभा समक्ष जानकारी दिएका थिए ।