दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख सात हजार पाँच सय ३४ कित्ता सेयर चार हजार नौ सय ७४ पटक खरिदविक्री हुँदा ४७ करोड ४२ लाख १६ हजार नौ सय पाँच रुपैयाको कारोबार भएको छ ।
छिमेक लघुवित्त र नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै पाँच करोड माथीको कारोबार भएको छ । त्यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंक, आईएमई जनरल इन्स्योरेन्स र बैंक अफ काठमाडौको दुई करोड माथीको कारोबार भएको छ । यसबाहेक, एनएमबि बैंक, एनसीसी बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकको क्रमशः एक करोड ८३ लाख ८९ हजार छ सय ५१, एक करोढ ७३ लाख ४० हजार ५३, एक रोड ३३ लाख १३ हजार दुई सय ५१, ९९ लाख नौ हजार एक सय ४८ र ९६ लाख ७८ हजार दुई सय ४८ को कारोबार भएको छ ।
मिर्मिरे लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, आरम्भ माइक्रोफाइनान्स, कालिका लघुवित्त, तारागाउँ रेजेन्सी, रायिट्रय बीमा कम्पनी, मेरो माइक्रोफाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, नागवेली लघुवित्त, जनउत्थान लघुवित्त र नेपाल सेवा लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।
त्यसैगरी रैराङ हाइड्रोपावर, नेपाल हाइड्रोपावर डेभलपर्स र अरुन कावेली पावर्सका सेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशत भन्दा बढिका दरले गुमाएका छन् । त्यसैगरी, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सिनर्जि पावर, मल्टी परपोज कम्पनी, बोटलर्स नेपाल। सानिमामाई हाइड्रोपावर, जानकी फाइनान्स र सिर्जना फाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् ।