December 16th, 2018

नेपाल एसबीआई बैंकको लाभांश प्रस्ताव

बैंकिङ खबर । नेपाल एसबीआई बैंकले १५ दशमलव ७९ प्रतिशतको लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० दशमलव ७९प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २५औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।