बैंकिङ खबर । म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग जलविद्युत आयोजनाले सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने भएको छ । हालै शिलान्याश गरिएको आयोजनामा कुल लगानी पाँच अर्ब १४ करोड रहने छ ।
जसमा सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकहरुको तीन अर्ब ५० करोडको ऋण लगानी रहेको छ । बाँकी एक अर्ब ६४ करोडको ईक्विटी सेयर हुनेछ । परियोजनामा निर्माण समयमा नै ३० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गरिने छ ।
एनआरएनए हङ्गकङ्ग समुह, काठमाण्डौ म्याग्दि ईन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहको परियोजनामा एनआरएनएका एसिया प्रशान्त उप संयोजक विनोद कुँवर अध्यक्ष छन् ।
सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत परियोजना आगामी ३ बर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ ।