बैंकिङ खबर । युनिभर्सल हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । कम्पनीले ९६ करोड लाख ६१ लाख बराबरको ९६ लाख ६१ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई २१ लाख तीन सय ५० कित्ता साधारण सेयर विक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्नेछ ।
जसअनुसार, पहिलो आयोजना प्रभावित दोलखा जिल्लाका गौरीशङ्कर गाउँपालिका वडा नं ५, ६ र ८, कालिञ्चोक गाउँपालिका वडा नं ३ र बिगु गाउँपालिका वडा नं ४ का बासिन्दालाई सेयर विक्री गरिनेछ । त्यसपछि सर्वसाधारणलाई ७५ लाख ६१ हजार दुई सय ६० कित्ता सेयर बिक्री गरिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले गरेको विश्लेषणमा ‘ग्रेड चार’ प्राप्त गरेको छ । यसले कम्पनीको अवस्था सन्तोषजनक नरहेको संकेत गर्छ ।
कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।




