December 14th, 2018

बैंक अफ काठमाण्डूले प्रस्ताव गर्यो २५ प्रतिशत लाभांश

बैंकिङ खबर । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने  भएको छ । बैंक सञ्चालक समितिको मंसिर २७ गते बसेको ९९ औं सञ्चालक समितिको बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।