December 12th, 2018

सिटिजन्स बैंकको लाभांश प्रस्ताव

बैंकिङ खबर । सिटिजन्स बैंक ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मङ्गलवार बसेको सञ्चालक समिति बैठकले ३.६२ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि १.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । 

प्रस्तावित लाभांश स्वीकृतिका लागि बैंकले पहिलो नेपाल राष्ट्र बैंक पठाउँछ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।