May 28th, 2016

विदेशीनेको संख्या घटेपनि १३ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

remitanceचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा विप्रेषण आप्रवाह १३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैँकका अनुसार, हाल विप्रेषण आप्रवाह ४ खर्ब ८१ अर्ब ६९ करोड रुपैँया रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण खुद ट्रान्सफर आय १६.५ प्रतिशतले बढेर ५ खर्ब ६२ अर्ब ९१ करोड रुपैँया पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ४.१ प्रतिशतले बढेको थियो । विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भने कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७२÷७३ को नौ महिनामा गत वर्षको सोही अवधिको तुलनामा २५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १६.७ प्रतिशतले बढेको थियो ।