Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

इस्टर्न हाइड्रोपावरले साढे १५ लाख कित्ता आईपिओ निष्काशन गर्ने 

२०७५ मंसिर २४ गते

बैंकिङ खबर । इस्टर्न हाइड्रोपावर कम्पनीले १५ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि छ लाख २० हजार कित्ता र बाँकी नौ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।  

कम्पनीले उक्त सेयरको रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सबैभन्दा खराब रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको छ । 

कम्पनीले ५ मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जलविद्युत आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६० लाख रुपैयाँ रहेको छ भने जम्मा लागत एक अर्ब १८ करोड रुपैयाँ रहेको छ । जसमा ऋणबाट ६० प्रतिशत र सेयर पूँजीबाट ४० प्रतिशत रकम जुटाउने योजना रहेको छ । कम्पनीले बैंकबाट आयोजना निर्माणका लागि ६३ करोड ८० लाख रुपैयाँ दिर्घकालिन ऋण लिएको छ । त्यस्तै ४२ करोड ८० लाख रुपैयाँ संस्थापकहरुबाट संकलन गरेको छ ।    

Ad