May 28th, 2016

रेडर्क तोडेर साढे १० खर्बको बजेट ल्याउँदै सरकार, कर्मचारीको तलब बढ्ने 

budjet_960170650सरकारले शनिबार (आज) अगामी आर्थिक बर्ष २०७३/७४ का लागि ‘जम्बो आकार’को बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले अपरान्ह ४ बजे संसद मार्फत साढे १० खर्बको बजेट सार्वजनिक गर्नेछन् । यो बजेट चालु आर्थिक वर्षको बजेटभन्दा दुई खर्ब ९ अर्ब रुपैयाँले बढी हो । 

सरकारले सडक रेलमार्ग जलविद्युत् तथा विमानस्थल जस्ता पूर्वाधार निर्माणको योजना सहित बार्षिक आयव्ययको अनुमानित विवरण सार्वजनिक गर्न लागको हो । बजेटमा नागरिकका जीवनस्तर माथि उठाउने योजना सहित भूकम्प पछिको पुननिर्माण पूर्वाधार विकास तथा सामाजिक सुरक्षामा विशेष जोड दिइएको बताइएको छ । 

बजेटमा ग्रामिण क्षेत्रका नागरिकलाई महत्व दिँदै कृषिमा आधुनिकीकरण, पूर्वाधार विकास, भुकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापना कार्यक्रम समावेश गरिएको छ । अर्थसम्बद्ध स्रोतकाअनुसार बजेटले कर्मचारीको तलब बढाउनेछ । 

सामाजिक सुरक्षा भत्ता अन्र्तगत जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु, असक्त, एकल महिला तथा बेरोजार युवाका लागि पनि बजेटमा सम्बोधन गरिएको बताइएको छ । सरकारले यस बर्षको बजेट अहिलेसम्मकै प्रभावकारी बजेट हुने दावी गर्दै आएको छ । यसैबीच ठूलो आकारको बजेट आउन लागेकाले विज्ञहरुले त्यसको कार्यान्वयनमा आशंका गरेका छन् ।