Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शेयर बजारमा आवद्ध हुन अब नेप्से कार्यालय धाउनु नपर्ने

२०७३ जेष्ठ १४ गते

nepse1शेयर बजारमा आबद्ध कुनै पनि संघ तथा वित्तीय संस्थाले अब कागज बोकेर नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा धाउनु नपर्ने भएको छ । कम्पनीको कार्यालयमा नै बसेर स्टकको वेबसाइटमार्फत कम्पनीको सम्पूर्ण विवरण उपलब्ध गराउन सक्ने प्रणालीको विकास गरिएको छ । सो प्रणालीको शुक्रबार नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका छन् ।

सूचीकृत कम्पनी स्वयमले सूचना, जानकारी तथा विवरणहरु नेप्सेको वेबसाइटमा राख्न सक्ने गरी प्रणाली तयार गरिएकोे छ । गभर्नर डा.नेपालले सूचना प्रवाहलाई थप चुस्त बनाउन नेप्सेले थालेको प्रयासको प्रशंसा गर्दै यस्तो प्रयासलाई अझै सुदृढ गराउँदै लैजाने विश्वास व्यक्त गरे ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले पूँजी बजारमा सूचना प्रवाहको अपरिहार्यतालाई नेप्सेले आत्मसात् गरेको बताए । ‘कम्पनीबाट प्राप्त हुने सूचनाहरुलाई नेप्सेले रुजु गरी सर्वसाधारणमा पु¥याउने प्रणालीको विकासलाई भरपर्दो मान्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा नेप्सेका अध्यक्ष रामजी रेग्मीले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै जाने नेप्सेको प्रयासमा नयाँ पद्धति थप सहायकसिद्ध हुने विश्वास व्यक्त गरे । यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत श्री सीताराम थपलियाले लगानीकर्तालाई छिटो र विश्वसनीय सूचना प्रदान गर्ने दिशामा नेप्सेले हरसम्भव प्रयास गर्ने बताए । ‘विगतमा सूचना प्रवाहमा रहेको कमीकमजोरीलाई न्यूनीकरण गर्दै लैजाने प्रयासस्वरुप नयाँ पद्धति थालनी गरिएको हो,’ उनले भने । उनले लामो कागजी प्रक्रियाको अन्त्य गर्दै सहज रुपमा आफ्नै कार्यालयबाट काम गर्न सक्ने प्रणालीको विकास गरिएको बताए । 

सूचीकृत कम्पनीहरुबाट प्राप्त हुने सूचना जानकारी तथा विवरणका आधारमा लगानीकर्ताले लगानीसम्बन्धी निर्णयलाई सहज बनाउने हुँदा यसैका आधारमा आफ्ना बचत परिचालन गर्दछन् । सूचीकृत कम्पनीहरुले नेप्सेलाई सूचना आदि पठाउने र प्राप्त हुनासाथ यस्ता सूचनालाई नेप्सेले आफ्नो वेबसाइट तथा प्रणालीमा प्रविष्ट गरी सार्वजनिक गर्दै आएको थियो । यसलाई अरु छिटोछरितो एवम् पारदर्शी बनाई संस्थागत गतिविधिबाट सिर्जित सन्देशलाई कम्पनी स्वयमले जिम्मेवारीपूर्वक नेप्सेको वेबसाइटको तोकिएको फिल्डमा प्रविष्ट गर्नेछ । नयाँ व्यवस्थाबाट स्टकले सूचीकृत कम्पनीहरुबाट प्राप्त हुने सूचना, जानकारी तथा विवरणहरुको महत्व साथै सर्वप्रथम लगानीकर्ताका लागि यस्ता सन्देशले महत्व राख्ने बताइएको  छ । रासस