December 6th, 2018

नयाँ ब्रोकर थप्न नेप्सेमा छलफल सुरु

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर ब्रोकर लाइसेन्स खुला गर्न निर्देशन दिएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नयाँ ब्रोकर थप्न छलफल सुरु गरेको छ । पूरानो कार्यविधिलाई केही संशोधन गरेर ब्रोकर लाइसेन्स थप्ने प्रकृया अघि बढाउने नेप्सेको योजना छ । 

नयाँ थपिने ब्रोकरको व्यवसायिक क्षेत्राधिकार, संख्या र क्षमताका विषयको टुङ्गो नेप्सेले नै लगाउने बोर्डले जनाएको छ । नेप्सेले ब्रोकर थप्ने प्रकिया र विधि निर्धारण गरेपछि बोर्डले अन्तिम स्वीकृति दिने जनाएको छ । 

धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भइसकेको अवस्थामा ब्रोकर संख्या थप गर्नुपर्ने आवश्यकता रहेको भन्दै बोर्डले निर्देशन दिएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]