December 6th, 2018

अर्थमन्त्रीको राजीनामा माग गर्दै अनसन घोषणा

बैंकिङ खबर । सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको माग गर्दै अनसन बस्ने घोषणा गरेको छ । आफूहरुको माग वेवास्ता गरेको भन्दै अर्थमन्त्री डा. खतिवडाको राजीनामाको मुख्य माग सहित यही मंसिर २३ गते रिले अनशन बस्ने घोषणा गरिएको छ । नेपाल स्टक एक्सचेन्जको कार्यालयमा मंसिर २३ गते बिहान १० बजेदेखि रिले अनशन बस्ने विज्ञप्तिमा उल्लेख छ ।

पूँजी बजार सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्न समूहले माग गरेको छ । सेयर लगानीकर्ता दबाब समूहको तर्फबाट गोपाल कटुवाल स्वामी सहितका ६ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अर्थमन्त्रीको राजीनामाको माग सहित अनशन बस्ने कुरा उल्लेख गरिएको छ ।