कारोबार रकम पनि घटेको छ । दिनभरिमा १५६ वटा कम्पनीको ११ लाख ६८ हजार दुई सय ३३ कित्ता सेयर चार हजार तीन सय ६८ पटक खरिदविक्री हुँदा ३७ करोठ ७२ लाख ८६ हजार दुई सय ७९ रुपैयाँको कारोबार भएको छ ।
नेपाल बैंकको सबैभन्दा धेरै साढे तीन करोडमाथिको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक, मिर्मिरे माइक्रोफाइनान्स प्रोमोटर र एनएमबि बैंकको दुई करोड तथा नविल बैंक प्रोमोटर, एनआईसी एशिया बैंक, सानिमा बैंक, कुमारी बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
जम्मा १३ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै हाथवे फाइनान्सका सेयरधनीले ५.७७ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रो, तिनाउ विकास बैंक, कालिका पावर, सिटी एक्सप्रेस फाइनान्स, गुडविल फाइनान्स, जेविल्स फाइनान्स, रिडी हाइड्रो, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त र नेपाल इन्भेष्टमेन्ट बैंक (प्रोमोटर) का सेयरधनीले पनि कमाएका छन् ।
यता, राधी विद्युत् कम्पनीका सेयरधनीले ६.८९ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन डिस्टीलरी, सपोर्ट माइक्रोफाइनान्स, कालिका लघुवित्त, नेशनल हाइड्रो, नेरुडे लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स, विजय लघुवित्त लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।