संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि मध्य भोटेकोशीको आईपिओ खुल्यो
बैंकिङ खबर । मध्य भोटेकोशीले संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाको कर्मचारीहरुको लागि प्राथमिक सेयर निष्काशन गरेको छ। कम्पनीले संस्थापक संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको लागि ६ लाख कित्ता प्राथमिक सेयर निष्काशन गरेको हो।
सम्बन्धित संस्थाका कर्मचारीहरु २०६८ मंसिर २२ गते बहाल रहेका साथै २०७५ असोज २९ गतेसम्म बहाल रहेकाले आवेदन दिन पाउने छन्। सम्बन्धित तोकिएका कर्मचारीहरुले मंसिर २६ गतेसम्म आवेदन दिन पाउने छन्।
आवेदनको लागि सिआरएन नम्बर सहित आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ।