२०७५ मंसिर १८ गते

नविल बैंकको लाभांश प्रस्ताव : १२ प्रतिशत सेयर र २२ प्रतिशत नगद

बैंकिङ खबर । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर १७ गते सोमबार बसेको बैंक सञ्चालक समितिको ५०२ औं बैंठकले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । 

बैंकले चुक्त्ता पूँजीको कूल ३४ प्रतिशतले हुन आउने दुई अर्ब ७३ करोड ४६ लाख ९५ हजार बराबरको लाभांश वितरण गर्नेछ । प्रस्तावित ९६ करोड ५१ लाख ८६ हजार रुपैयाँ बोनस सेयर पश्चात नबिल बैंकको चुक्ता पूँजी नौ अर्ब ८४ लाख रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।