नेपाल बैंकको मात्रै ११ करोडको कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको तीन करोड, एनएमबि बैंकको दुई करोड तथा एनआईसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नविल बैंकको एक करोडमाथिको कारोबार भएको छ । एसबिआई बैंक, प्रभु बैंक, नविल बैंक प्रोमोटर र कुमारी बैंकको क्रमशः ९२ लाख, ८८ लाख, ७५ लाख र ७४ लाखको कारोबार भएको छ ।
लक्ष्मी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले कमाएका छन् भने रैराङ हाइड्रोका सेयरधनीले ५.८३ प्रतिशतका दरले कमाएका छन् । स्वदेशी लघुवित्त, स्वाबलम्बन लघुवित्त, सनराइज बैंक, राधी विद्युत् कम्पनी, नेपाल टेलिकम, सिनर्जी पावर, हिमालयन जनरल इन्स्योरेन्स, हिमालयन पावर पार्टनर लगायतका सेयरधनीले पनि कमाएका छन् ।
महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९१ प्रतिशतका दरले गुमाएका छन् भने ग्लोबल आईएमई लघुवित्तका सेयरधनीले ५.०५ प्रतिशतका दरले गुमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, नाडेप लघुवित्त, मल्टिपर्पोज फाइनान्स, मुक्तिनाथ विकास बैंक, कालिका लघुवित्त, उन्नति माक्रोफाइनान्स, एसबीआई बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।