यो साता सुनको मूल्य सम्रगमा १६ सय रुपैयाँ प्रतितोलाका दरले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारसम्म आइपुग्दा ५४ हजार ४ सय रुपैयाँमा झरेको छ भने आइतबार प्रतितोला ५५ हजार ७ सय ५० रुपैँयामा कारोबार भइरहेको तेजावी सुन शुक्रबार ५४ हजार १ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएपनि छापावाल सुनको भाउ सोमबार स्थिर रह्यो । त्यसमा २ सय रुपैयाँले घटेर मंगलबार ५५ हजार ८ सय रुपैयाँ र बुधबार फेरि ७ सय रुपैयाँले घटेर ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पनि एक सय रुपैयाँ घटेर तोलाको ५५ हजार रुपैयाँमा किनबेच भएको सुन शुक्रबार फेरि तोलामा ६ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि यो हप्ता तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार हप्ताको पहिलो दिन तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी अन्तिम दिन तोलाको ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।