नेपाल बैंकको सात करोड, एनएमबि बैंकको तीन करोड, नेपाल लाइफ इन्स्योरेन्सको झन्डै दुई करोड तथा ग्लोबल आईएमई बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ ।
जम्मा १४ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै विजय लघुवित्तका सेयरधनीले ८.४९ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, तिनाउ विकास बैंक, विशाल बजार कम्पनी, कालिका पावर, रैराङ हाइड्रो, छ्याङ्दी हाइड्रो, बुटवल पावर कम्पनी, सिन्धु विकास बैंक, ज्योति विकास बैंक, नेशनल हाइड्रो, अरुण काबेली पावर, एक्सेल डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त र सानिमा इक्विटी फण्डका सेयरधनीले पनि कमाएका छन् ।
यता, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । बरुण हाइड्रोका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् भने नागबेली लघुवित्त, सानिमा बैंक, मिर्मिरे लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, काबेली विकास बैंक, मेरो माइक्रोफाइनान्स लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।