Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोकियोे बैंकहरुको सेवा शुल्क : भूकम्पपीडितलाई अनुदान पाउन सहज हुने 

२०७३ जेष्ठ १४ गते

meetingबैंकहरुको मागअनुसार सरकारले सेवा शुल्क तोकिदिएपछि अब भूकम्पप्रभावित क्षेत्रमा निजी आवास पुनर्निर्माणका लागि दुई लाख रुपैयाँ अनुदान पाउन लाभग्राहीलाई सहज हुने भएको छ । मन्त्रिपरिषदको बिहिबार साँझ बसेको बैठकले सदरमुकाममा ५० जना र सदरमुकामबाहिर २० जना घरधनीको खाता सञ्चालन गर्दा बैंकहरुले निःशुल्क गर्नु पर्ने र त्योभन्दा बढी  घरधनीका हकमा एटीएम कार्ड लिनेका लागि ३ सय २५ रुपैयाँ र कोष सञ्चालन गर्नका लागि दुई सय २५ रुपैयाँ बैंकहरुले सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । बैंकहरुको सेवा शुल्क तोक्नेसम्बन्धी व्यवस्था गर्न आएको प्रस्ताव स्वीकृत गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । 

विस्तृत घरधुरी सर्वेक्षणबाट छनोटमा परेका आवास अनुदान पाउन योग्य घरधनीलाई बैंकिङ प्रणालीबाट अनुदान उपलब्ध गराउन सरकारीसहित क, ख र ग वर्गका सबै बैंकलाई सहभागी गराउने निर्णय भएको थियो । राष्ट्रिय पुर्निर्माण प्राधिकरणका अनुसार सदरमुकाममा रहेका बैंक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकामबाहिरका बैंक शाखामा दैनिक न्यूनतम २० वटा लाभग्राहीहरुको खाता खोली अनुदान भुक्तानी गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ । 

victimsयसअघि दोलखाको सिंगटीमा राष्ट्रिय बाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक तथा आठ जिल्लाका आठवटा गाविसमा नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकलाई जिम्मा दिइएको छ । अनुदान रकम वितरण गर्दा नेपाल राष्ट्र बैंकले सरकारी कारोबार भएकै दिन वा भोलिपल्ट खर्चको शोधभर्ना हुने व्यवथा मिलाउन र एकल खाता कोषबाट भुक्तानी भएको सात दिनभित्र सम्बन्धित बैंकहरुले लाभग्राहीको खातामा रकम जम्मा गर्न लगाउने गरी व्यवस्था मिलाईएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।