बैंकिङ खबर । रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीले स्थानीयलाई भन्दा पहिले सर्वसाधारणका लागि सेयर जारी भएका छन् । सर्वसाधारणलाई भन्दा पहिले स्थानीयलाई सेयर जारी गर्नुपर्ने प्रावधान रहँदै आए तापनि रसुवागढी र साञ्जेनको अनुरोधमा नेपाल धितोपत्र बोर्डले स्थानीयभन्दा पहिले सर्वसाधारणलाई सेयर दिन सक्ने व्यवस्था गरिदिएको छ । स्थानीयवासीले तत्काल सेयर खरिद गर्न नमानेपछि यी आयोजनाहरुले पहिले सर्वसाधारणका लागि सेयर जारी गर्न खाजेका हुन् ।
बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । स्थानीयले कुनै कारणवश सेयर किन्न नचाहे वा कम्पनीले पहिला सर्वसाधारणमा निष्कासन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ । जसअनुसार, रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरिरहेका छन् । आगामी पुसको अन्तिम सातासम्म दुवै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्नेछन् ।