कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । दिनभरिमा १५३ वटा कम्पनीको १३ लाख ९६ हजार नौ सय २७ कित्ता सेयर तीन हजार पाँच सय ३९ पटक खरिदविक्री हुँदा ४० करोड ४८ लाख चार हजार सात सय ३७ रुपैयाँको कारोबार भएको छ ।
नेपाल बैंकको मात्रै १५ करोडमाथिको कारोबार भएको छ भने सोल्टी होटलको तीन करोड, एनएमबि बैंकको दुई करोड तथा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको एक करोडमाथिको सेयर कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः ग्लोबल आईएमई बैंक, सानिमा बैंक, नागरिक लगानी कोष, एनसीसी बैंक र जनता बैंक छन् ।
जम्मा ४९ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । जसमध्ये, सिटिजन्स म्युचुअल फण्ड, ग्रामीण विकास लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र छ्याङ्दी हाइड्रोका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । एनआईबिएल प्रगति फण्ड, आरएसडीसी लघुवित्त, सानिमा इक्विटी फण्ड, अपि पावर कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, समता माइक्रोफाइनान्स र निर्धन उत्थान लघुवित्तका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नेपाल सेवा लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स, नाडेप लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सूर्योदय लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।