हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । विशेषतः बाफिया संशोधनका लागि सदनमा पेश गरिएको प्रस्तावले साताभर नै चर्चा बटुल्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
बाफिया संशोधन
बैँक तथा वित्तीय संस्था संशोधनसम्बन्धि ऐन (वाफिया) संशोधनका लागि उपसमितीले संसदमा प्रतिवेदन पेश गरेको छ । व्यवस्थापिका संसद अर्थसमितीमा यससम्बन्धि छलफल चलिरहेको छ । बैँकिङ कसुर तथा सजाय ऐन २०६४ लाई विस्थापित गर्ने गरी ल्याउन लागिएको बैँकिङ कसुर तथा सजायसम्बन्धि विधेयक २०७१ को संशोधन प्रस्तावमा व्यापारी सभासद्हरुले कुनै पनि संस्थामा सञ्चालकहरुको ठूलो लगानी रहने र त्यो लगानीको सुरक्षाको लागि जति समयसम्म पनि अध्यक्ष तथा प्रमुख कार्यकारी रहन पाउनुपर्ने तर्क गर्दै आएका छन् । अर्थ समितिले उपसमितिको प्रतिवेदन पास गरेसँगै यसैअनुसार विधेयक आउनेछ ।
आर्थिक सर्वेक्षण प्रस्तुत
सरकारले विहिबार सदनसमक्ष आर्थिक वर्ष २०७२/०७३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्यो । जसअनुसार, चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
देश विदेशमा बैँकिङ अपराध
गत सातादेखि नै चर्चामा रहेको बैँकिङ अपराधले यस साता पनि निरन्तरता पायो । गत साता बंगलादेशका बैँकहरुमा चोरी भएकोमा यस साता जापान र अफ्रिका बैँकहरुबाट रकम हराए । साताको विहिबार बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रवन्ध सञ्चालक कमल ज्ञवालीसहित आठ जनालाई पाटन पुनरावेदन अदालतले कैद र जरिवानाको सजाय सुनायो ।
शेयर निष्काशन तथा बाँडफाँड
नेपाल धितोपत्र बोर्डले अधिकतम १२ कार्यदिनभित्र हकप्रद निष्काशनको अनुमति दिने घोषणा गर्यो । यसै सातादेखि एनआइसी एशिया बैंकले ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन सुरु गर्यो । साताको बुधबार ङादी ग्रुप पावरले सर्वसाधारणका लागि निष्काशन गरेको पौने १० लाख कित्ता साधारण शेयर बाँडफाँड गर्यो । साताको मंगलबार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारणसभाले २५ प्रतिशत बोनशको प्रस्ताव पारित गर्यो । राष्ट्र बैँकले सगरमाथा फाइनान्सले आफ्ना शेयरधनीहरुलाई वितरणका लागि प्रस्ताव गरेको १५.८५ प्रतिशत बोनस शेयर स्वीकृत गर्यो । ग्रीन डेभलपमेण्ट बैंकले ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरि प्रक्रिया अघि बढायो ।
शाखा तथा सेवा विस्तार
सक्षम कार्यक्रमसगँको सहकार्यमा नेपाल इन्भेष्टमेन्ट बैँकले कालिकोटको नाग्म बजारमा एक्सटेन्सन काउन्टरको उद्घाटन गर्यो । ग्लोबल आइएमई बैंकले बागलुङ जिल्लाको गल्कोटमा आफ्नो ९१ औँ शाखा विस्तार गर्यो । यती डेभलपमेण्ट बैंकले बुधबार देखि यति अनमोल बचत योजना संचालनमा ल्याएको छ । सनराइज बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने हेतुले आफ्नो चौथो शाखारहित बैंकिङ्ग सेवा डाँगीहाट –६, मोरङ्गमा शुरू गर्यो । साताको आइतबार गुराँस लाइफ इन्स्योरेन्सले कैलालीको अत्तरियामा शाखा कार्यालय स्थापना गर्यो ।
वित्तीय विकासमा बैँक तथा वित्तीय संस्था
नेशनल बैंकिङ इन्ष्टिच्युटले वाणिज्य बैंक र विकास बैंकका सञ्चालक समितिका सदस्यहरुको लागि ‘डाइरेक्टर्स रिफ्रेसर कोर्स’ बिषयक दुई दिने आवसीय तालिम सम्पन्न गर्यो । नेपाल एसबिआई बैंकले आफ्नो नियमित बैकिङ्क अभ्यास प्रबद्र्घन तथा बैकिङ्क सचेतना कार्यक्रम अन्तर्गत साइकल ¥याली सम्पन्न ग¥यो ।
अन्य
फ्रान्सको राजधानी पेरिसमा रहेको गूगलको मुख्यालयमा आयकरसम्बन्धी आरोपमा छापा मारियो । सेयर विश्लेषक रविन्द्र भट्टराईको नयाँ कृति सेयरबाट करोडपति यसै सातादेखि बजारमा आयो । राष्ट्रिय वाणिज्य बैँक बेस्ट आईसीटी युजर इन पब्लिक सेक्टर अवार्ड २०१६ बाट सम्मानित भयो ।