एनएमबि बैंकको सबैभन्दा धेरै तीन करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । सोल्टी होटल र नेपाल बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, माछापूच्छ्रे बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैंक र सिभिल बैंक रहेका छन् ।
जम्मा २१ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावरका सेयरधनीले ६.२५ प्रतिशतका दरले कमाएका छन् । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र नेपाल हाइड्रो डेभलपरका सेयरधनीले क्रमशः ६.१७ र ५.५१ प्रतिशतका दरले कमाएका छन् । एनएलजी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नाडेप लघुवित्त र आईएमई जनरल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ४६.०२ र ४०.०२ प्रतिशतका दरले गुमाएका छन् । एनएमबि माइक्रोफाइनान्स, रैराङ हाइड्रो, गुराँस लाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रो, आरम्भ माइक्रोफाइनान्स, प्रभु इन्स्योरेन्स, कालिका लघुवित्त, आईसीएफसी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।