November 22nd, 2018

माछापूच्छ्रे बैंकद्धारा १० प्रतिशत नगद लाभांश प्रस्ताव

बैंकिङ खबर । माछापूच्छ्रे बैंक लिमिटेडले आफ्नो सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर ५ गते बुधबार बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट चूक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी आठ अर्ब पाँच करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा एक अर्ब ११ करोड रुपंयाँ संचित छ ।

बैंकले मुलुकभर आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १२६ स्थानबाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।