बैंकिङ खबर । विहीबार सेयर बजार १.१४ अंकले घटेर १,१८१.४१ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, माईक्रोफाइनान्स र जीवन बीमा बाहेकका सबै उपसुचकहरु बढेका छन् ।
दिनभरिमा १४३ वटा कम्पनिको सात लाख ७४ हजार छ सय ८६ कित्ता सेयर चार हजार तीन पटक कारोबार हुँदा २५ करोड २५ लाख १८ हजार तीन सय ५४ रुपैयाको कारोबार भएको छ । एनएमबि बैंकको सबैभन्दा धेरै सात करोडमाथिको कारोबार भएको छ । यसबाहेक, सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीहरुको सुचीमा क्रमशः नेपाल बैंक, कुमारी बैंक, नाडेप लघुवित्त वित्तीय संस्था, मेगा बैंक, आईएमी जनरल इन्स्योरेन्स, नेपाल दुरसञ्चार, सानिमा बैंक, स्टान्र्डर्ट चार्टर्ड बैंक र नविल बैंक रहेका छन् ।
एनआईशी एशिया ग्रोथ फण्डका सेयरधनीहरुले सबैभन्दा धेरै ११.१३ प्रतिशतका दरले कमाएका छन्् । एनएमबी बैंक, एभरेष्ट इन्स्योरेन्स, आईसिएफसी फाइनान्स र बुटवल पावर कम्पनीका सेयरधनीहरुले ४ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, ङादी ग्रुप पावर, रिडि हाइड्रो पावर, रैराङ हाइड्रो पावर, नेपाल हाइड्रो डेभलपर्स, आरम्भ माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
सूर्योदय लधुवित्त वित्तीय संस्था र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले क्रमशः ४.६०८५९ र ३.९४१९१ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक, अपी पावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स कम्पनी, पञ्चकन्यामाई हाइड्रो पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।