November 21st, 2018

सामान्य अंकले बढ्यो सेयर बजार, २६ करोड ८८ लाखमाथिको कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार १.०० अंकले बढेर ११८२.७४ अंकमा पुगेको छ । होटल, हाइड्रो पावर, निर्जीवन बीमा, उत्पादनमुलक र माईक्रोफाइनान्स बाहेकका सबै उपसुचकहरु बढेका छन् । सबै भन्दा बढि जीवन बीमा समुह ५,३४९.१७ अंकले बढेको छ । यस बाहेक, बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य समुह क्रमशः १,०३७.९१, १,४६९.५७, ६००.०८,७३४.३४ अंकले बढेका छन् । 

दिनभरीमा १५१ वटा कम्पनिको आठ लाख, ५२ हजार सात सय ६८ कित्ता सेयर तीन हजार तीन सय ७० पटक खरिद विक्री हुँदा २६ करोड ८८ लाख ८४ हजार दुई सय ७२ रुपैयाको कारोबार भएको छ । नविल बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको तीन करोडमाथिको कारोबार भएको छ । यस बाहेक धेरै कारोबार हुने १० कम्पनीहरुको सुचिमा क्रमशः प्रभु बैंक, एनएमबी बैंक, ग्लोबल आईएमी बैंक, नेपाल लाईफ ईन्स्योरेन्स, एभरेष्ट बैंक, मेगा बैंक, सिभिल बैंक र चिलिमे हाइड्रो पावर रहेका छन् । 

सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.२९ प्रतिशतका दरले कमाएका छन् । शाइन रेसुङगा डेभलपमेन्ट बैंक र नविल समृद्धि फण्डका सेयरधनीहरुले तीन प्रतिशत भन्दा बढिले कमाएका छन् । यसबाहेक, श्री इन्भेष्मेन्ट फाइनान्स, सिभिल बैंक, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, कैलाश विकास बैंक, रिद्धि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, एनएमबि हाईब्रिड फण्ड र नविल इक्विटी फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

एभरेष्ट इन्स्योरेन्स कम्पनी र नयाँ नेपाल लघुवित्त विकास बैंक कम्पनिका सेयरधनीले क्रमशः ७.४०३०६, ६.६१८९६ प्रतिशतले गुमाएका छन् । यसबाहेक, हिमालयन पावर पार्टनर, ग्रामीण लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर कम्पनि, उन्नती माईक्रोफाइनान्स वित्तीय संस्था, तिनाउ विकास बैंक, रैराङ हाइड्रो पावर कम्पनी र अरुण काबेली पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।