कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरमा ५० हजार ७१४ कित्ता शेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । त्यस्तै ८४ हजार पाँच सय २३ कित्ता सेयर सामुहिक लगानीकोषको लागि बाँडफाँड गरिसकेको छ । बाँकी रहेको १५ लाख ५५ हजार दुई सय ३३ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
आवेदकले न्युनतम ५० कित्ता र अधिकतम आठ लाख कित्तासम्मको लागि छिटोमा मंसिर १९ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १६ गतेसम्म आवेदन दिन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ ।
प्राथमिक सेयर निष्कासन पश्चातको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ पुग्नेछ । तीन मेगावाट क्षमताको यस आयोजनाको जम्मा लागत ५५ करोड ३५ लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।