बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न साधारणसभाले चुक्तापुँजीको ८.४० प्रतिशतले हुन आउने २१ करोड ८० लाख ६२ हजार सात सय ५३ रुपैयाँ नगद लाभांशवितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
एघारौं वार्षिक साधारणसभाबाट ज्योति विकास बैंक लिमिटेडले नुवाकोट जिल्लाको विदुर नगरपालिकाकमा केन्द्रीय कार्यालय रहेको एक जिल्ला कार्यक्षेत्र भएको हाम्रो विकास बैैंक लि. लाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्तिपश्चात यस विकास बैंकको चुक्तापूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।
बैंक संचालनमाआएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, स्मार्ट मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, एबिबिएस सेवाका साथै आईपिएस सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।