बैंकिङ खबर । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक ३० गते बसेको संचालक समितिको ३७७औँ वैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल बैंकले नेपालभर २६५ वटा शाखा, २६९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर तथा १८ शाखारहित बैंकिङ सेवामार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।