दिनभरिमा १५० वटा कम्पनीको छ लाख ५५ हजार पाँच सय ९७ कित्ता सेयर दुई हजार सात सय ६९ पटक खरिदविक्री हुँदा जम्मा १७ करोड ४१ लाख ५५ हजार तीन सय ९० रुपैयाँको कारोबार भएको छ । प्रभु बैंक र अपि पावर कम्पनीको एक करोडमाथिको कारोबार भएकोम छ । यसबाहेक, धेरै कारोबार हुने १० कम्पनीको सूचिमा क्रमशः एनआईसी एशिया बैंक, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, सिद्धार्थ बैंक प्रोमोटर, स्टान्डर्ड चार्टर्ड बैंक, माछापूच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन् ।
उन्नति माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले कमाएका छन् । आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशत तथा सप्तकोसी डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्तका सेयरधनीले चार प्रतिशतभन्दा बढीले कमाएका छन् । यसबाहेक, प्रुडेन्सियल इन्स्योरेन्स, वरियन्टल होटल्स, मञ्जुश्री फाइनन्स, प्राइम बैंक, सूर्या लाइफ इन्स्यारेन्स, युनाइटेड इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
एनएमबि माइक्रोफाइनान्स र हिमालयन पावर पार्टनरका सेयरधनीले क्रमशः ८.५७ र ५.८२ प्रतिशतले गुमाएका छन् । एभरेष्ट इन्स्योरेन्स, अरुण काबेली पावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेञ्चुरी बैंक प्रोमोटर, एनआईबिएल समृद्धि फण्ड, सिटिजन्स म्युचुअल फण्ड, गोर्खाज फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।