May 26th, 2016

हकप्रद निष्काशन प्रक्रिया अब झनै सजिलो, १२ दिनमै बोर्डको स्विकृति

dhitopatraनेपाल धितोपत्र बोर्डले अधिकतम १२ कार्यदिनभित्र हकप्रद निष्काशनको अनुमति दिने घोषणा गरेको छ । यस अघि क्रेडिट रेटिङको व्यवस्था हटाएर हकप्रद निष्काशनलाई सहज बनाएको बोर्डले यस पटक आफ्नै प्रक्रिया छोटो तथा सजिलो बनाउने निर्णय गरेको हो । 
 
बोर्डले हकप्रद निष्काशनको अनुमतिका लागि निवेदन प्राप्त भएको सात दिनभित्र अध्ययन सकेर आवश्यकता अनुसार सुधार वा संशोधनका लागि सुझाव दिने छ भने आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको पाँच कार्य्दिन भित्र हकप्रद निष्कासनको स्वीकृति दिने छ । 

बैंक तथा वित्तीय सस्थाको पुँजी बृद्धिमा सघाउन बोर्डले यस्तो व्यवस्था गरेको जनाएको छ । पहिले नै सेयर खरिद गरिसकेका लगानीकर्ताका लागि निष्काशन हुने भएकोले यसमा कडाइ गर्नुपर्ने वाध्यात्मक अवस्था नरहेको भन्दै यस्तो घोषणा गरेको बोर्डको भनाइ छ ।