November 6th, 2018

१०.७९ अंकको वृद्धिसँगै १२१८.०७ अंकमा सेयर बजार

बैंकिङ खबर । मंगलबार सेयर बजार १०.७९ अंकले बढेर १२१८.०७ अंकमा पुगेको छ । कारोबार भएका सबै उपसूचक बढेका छन् ।

दिनभरिमा १५५ वटा कम्पनीको आठ लाख २२ हजार दुई सय सात कित्ता सेयर तीन हजार ५३ पटक खरिदविक्री हुँदा २४ करोड ४५ लाख ७० हजार पाँच सय ५२ रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको चार करोड, नेपाल टेलिकमको दुई करोड तथा एनआईसी एशिया बैंक र जनता बैंकको एक करोडमाथिको कारोबार भएको छ ।

लक्ष्मी लघुवित्त, ग्लोबल आईएमई लघुवित्त र नाडेप लघुवित्तका सेयरधनीले क्रमशः ६.००, ५.७१ र ५.०४ प्रतिशतले कमाएका छन् । सृजना फाइनान्स, अरुण काबेली पावर, हाथवे फाइनान्स, एभरेष्ट इन्स्योरेन्स लगायत २७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]