November 5th, 2018

दोहोरो अंकले बढ्यो सेयर बजार

बैंकिङ खबर । सोमबार सेयर बजार ११.९२ अंकले बढेर १२१९.२० अंकमा पुगेको छ । दिनभरिमा १५५ वटा कम्पनीको आठ लाख २२ हजार दुई सय सात कित्ता सेयर तीन हजार ५३ पटक खरिदविक्री हुँदा २४ करोड ४५ लाख ७० हजार पाँच सय ५२ रुपैयाँको कारोबार भएको छ ।

प्रभु बैंकको सबैभन्दा धेरै चार करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको दुई करोड तथा एनआईसी एशिया बैंक र जनता बैंकको एक करोडमाथिको कारोबार भएको छ । लक्ष्मी लघुवित्त, ग्लोबल आईएमई लघुवित्त र नाडेप लघुवित्तको क्रमशः ६.००, ५.७१ र ५.०४ प्रतिशतले कमाएका छन् । २७ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै सृजना फाइनान्सका सेयरधनीले १.८६ प्रतिशतले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]