November 4th, 2018

दोहोरो अंकले नेप्से परिसूचक घट्दा २१ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार १३.७० अंकको गिरावटसँगै १२०७.२८ अंकमा कायम भएको छ । अन्यबाहेक सबै उपसूचक घटेका छन् । दिनभरिमा १५४ वटा कम्पनीको २७ लाख २९ हजार एक सय ३० कित्ता सेयर तीन हजार छ सय ४२ पटक खरिदविक्री हुँदा ५६ करोड ४७ लाख ८७ हजार सात सय ३६ रुपैयाँको कारोबार भएको छ ।

माछापूच्छ्रे बैंक प्रोमोटरको १६ करोड र निर्धन उत्थान लघुवित्त प्रोमोटरको ११ करोडमाथिको कारोबार भएको छ । प्रभु बैंकको चार करोड तथा एलआईसी नेपाल, एभरेष्ट बैंकर नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । एनआईसी एशिया बैंकको एक करोडमाथिको कारोबार भएको छ ।

जम्मा २१ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । समता माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.२० प्रतिशतले कमाएका छन् । एलआईसी नेपाल र एभरेष्ट बैंकका सेयरधनीले क्रमशः ५.६३ र ५.४४ प्रतिशतले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]