बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ०.४८ अंकले घटेर १२२०.९८ अंकमा कायम भएको छ । होटल, विकास बैंक, फाइनान्स, निर्जिवन बीमा, लघुवित्त र जीवन बीमा समूह बढेका छन् भने बैंकिङ, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह घटेका छन् ।
दिनभरिमा १६० वटा कम्पनीको सात लाख ८२ हजार २९ कित्ता सेयर चार हजार एक सय २९ पटक खरिदविक्री हुँदा २४ करोड ६७ लाख ३० हजार तीन सय ६४ रुपैयाँको कारोबार भएको छ । सानिमा बैंकको सबैभन्दा धेरै दुई करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । एलआईसी नेपाल, एनआईसी एशिया बैंक, प्रभु बैंक र माछापूच्छ्रे बैंकको एक करोडमाथिको कारोबार भएको छ ।
मञ्जुश्री फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.९४ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, पञ्चकन्या माई हाइड्रो, खानीखोला हाइड्रो, श्री इन्भेष्टमेन्ट फाइनान्स, आरम्भ माइक्रोफाइनान्स, उन्नति माइक्रोफाइनान्स, हिमालयन बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।
अपि पावर कम्पनी र नेपाल सेवा लघुवित्तका सेयरधनीले क्रमशः ८.६२ र ७.६० प्रतिशतले गुमाएका छन् । यसबाहेक, आईसीएफसी फाइनानस, नविल इक्विटी फण्ड, सानिमा बैंक, हिमालयन डिस्टीलरी, प्रोग्रेसिभ फाइनान्स, सिभिल लघुवित्त, रिडी हाइड्रो, आईएमई जनरल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।