दिनभरिमा १६३ वटा कम्पनीको नौ लाख २४ हजार छ सय ६५ कित्ता सेयर चार हजार एक सय २९ पटक खरिदविक्री हुँदा २२ करोड १८ लाख चार हजार चार सय छ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, प्रभु बैंकको सबैभन्दा धेरै एक करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, एलआईसी नेपालको एक करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । यसाबाहेक, मेगा बैंक, एनएमबि बैंक, जनता बैंक, एनआईसी एशिया बैंक, बैंक अफ काठमाण्डू, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकको क्रमशः ८५ लाख, ८२ लाख, ८० लाख, ७५ लाख, ६२ लाख, ६२ लाख, ५७ लाख र ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल सेवा लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.८९ प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो, मिसन डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सीका सेयरधनीले क्रमशः ८.४०, ६.१० र ५.१८ प्रतिशतले कमाएका छन् । हिमालयन डिस्टीलरी, जलविद्युत् तथा लगानी विकास कोष, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, लुम्बिनी विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, अपि पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ४.७३ प्रतिशतले गुमाएका छन् । रिडी हाइड्रो, हाथवे फाइनान्स, हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रो, एनएमबि माइक्रोफाइनान्स, सिभिल लघुवित्त, जेविल्स फाइनान्स, मिथिला लघुवित्त, स्वदेशी लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।