बैंकिङ खबर । मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले ११ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.५७८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।
जसअनुसार बैंकले पाँच करोड ७१ लाख २० हजार आठ सय २२ रुपैयाँ बराबरको बोनस सेयर र ३० लाख छ हजार तीन सय ५९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
बैंक सञ्चालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।