October 29th, 2018

१०.५६ अंकको गिरावटसँगै १२१६.९३ अंकमा सेयर बजार

बैंकिङ खबर । सोमबार सेयर बजार १०.५६ अंकको गिरावटसँगै १२१६.९३ अंकमा कायम भएको छ । दिनभरिमा १६० वटा कम्पनीको नौ लाख ८७ हजार तीन सय २१ कित्ता सेयर चार हजार पाँच सय ३२ पटक खरिदविक्री हुँदा २४ करोड ९१ लाख ९६ हजार दुई सय ७० रुपैयाँको कारोबार भएको छ ।

गुह्येश्वरी फाइनान्सको प्रोमोटर सेयरको साढे दुई करोडमाथिको कारोबार भएको छ भने एनआईसी एशिया बैंक, प्रभु बैंक र जनता बैंकको एक करोडमाथिको कारोबार भएको छ । जम्मा २७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोका सेयरधनीले ७.८४ प्रतिशतले कमाएका छन् । रैराङ हाइड्रो, पोखरा फाइनान्स, एनआईबिएल प्रगति फण्ड र युनाइटेड मोदी हाइड्रोका सेयरधनीले क्रमशः ७.८७, ६.६६, ५.७५ र ५.४२ प्रतिशतले गुमाएका छन् ।