October 28th, 2018

नेप्सेमा दोहोरो अंकको गिरावट, २२ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार १३.६२ अंकले घटेर १२२७.४९ अंकमा कायम भएको छ । दिनभरिमा १६० वटा कम्पनीको ११ लाख ९७  हजार एक सय छ कित्ता सेयर चार हजार नौ सय ८५ पटक खरिदविक्री हुँदा ३२ करोड ६४ लाख ८३ हजार छ सय ७३ रुपैयाँको कारोबार भएको छ ।

ग्लोबल आईएमई बैंक, प्रभु बैंक र एनआईसी एशिया बैंकको दुई करोड तथा जनता बैंक, मेगा बैंक र एनएमबि बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । जम्मा २२ कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै नेपाल सेवा लघुवित्तका सेयरधनीले ५.९५ प्रतिशतले कमाएका छन् । यता, आईएमई जनरल इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ५.०९५५ प्रतिशतले गुमाएका छन् ।