बजार ह्वात्तै घटेपनि कारोबार रकम भने बुधबार पनि एक अर्बभन्दा बढी नै भएको छ । दिनभरिमा १ सय ३७ वटा कम्पनीको १ अर्ब ४४ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । जसमध्ये, एनबी बैंकको सबैभन्दा बढी १२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ७ करोड ८६ लाख र नेपाल बैंकको ६ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनएमबी बैंककाmे पाँच करोड ८६ लाख, सानिमा पाँच करोड २५ लाख र नेपाल लाइफ पाँच करोड ६ लाख र एभरेष्ट बैंक चार करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
कर्णाली डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनी संस्थापक सेयरधनीले सबैभन्दा बढीकमाएका छन् । बढी गुमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।