कम्पनीले निष्काशन गर्न लागेको कुल ३१ लाख ८३ हजार दुई ८० कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका वासिन्दाको लागि छ लाख ५० हजार कित्ता र सर्वसाधारणको लागि २५ लाख ३३ हजार दुई सय ८० कित्ता सेयर छुट्याइएको छ । एक प्रतिशत आयोजनाका कर्मचारीलाई र दश प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री गरेपछि सर्वसाधारणका लागि बाँकी सेयर निष्काशन गरिनेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
भैरवकुण्ड हाइड्रो सिन्धुपाल्चोक जिल्लाको तातोपानी गाउँपालिकामा ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको छ । वि.सं. २०६६ भदौमा जेनेरेसन लाईसेन्स प्राप्त गरी २०७१ जेठ देखि उत्पादन शुरू गरेको थियो ।