प्रभु बैंकको तीन करोड तथा एनआईसी एशिया बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकको एक करोडमाथिको कारोबार भएको छ । पञ्चकन्या माइ हाइड्रो, वरियन्टल होटल्स, युनाइटेड मोदी हाइड्रो, ग्लोबल आईएमई लघुवित्त र समता माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीले कमाएका छन् । सेञ्चुरी कमर्सियल बैंकको प्रोमोटर सेयरधनीले ५.०६ प्रतिशतले गुमाएका छन् ।